यमपञ्चक सुरू : आज काग तिहार

17

काठमाडौँ, १४ कात्तिक । कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । आज विभिन्न प्रकारका खानेकुरासहित कागको पूजा गरि मनाइँदै छ ।

बुधबार १७ घडी ८ पला अर्थात् दिउँसो १ बजेर ५ मिनेटसम्म त्रयोदशी रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
यमपञ्चकको पहिलो दिन कागको पूजा गर्ने विधान रहेको परेको समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । तर, घडीपलाका हिसाबले मंगलबार नै त्रयोदशी लागेको समितिले जनाएको छ ।

सनातन हिन्दु समाजमा यमराजको दूत वा सन्देशबाहक पन्क्षीको रूपमा कागको पूजा गरिन्छ । कागलाई यमराजको सन्देश सुनाउने दूत पनि मानिन्छ ।

कागको आवाजको प्रकृतिअनुसार राम्रा नराम्रा खबरको अनुमान लगाइन्छ । कागले भूकम्प आदि प्राकृतिक विपत्तिको अग्रिम सूचना पनि दिन्छ भन्ने विश्वास गरिन्छ ।

काग अत्यन्त चलाख पन्क्षी हो । अन्नबालीमा लाग्ने किरा–फट्याङग्रा खाएर किसानको सहयोगी बन्ने र फोहोर वस्तु खाइदिएर वातावरण स्वच्छ राख्ने कारण पनि कागको पूजा गरिएको हो ।

कात्तिक कृष्ण त्रयोदशीका साँझ गरिने यमदीपदान पनि बुधबार नै गर्नुपर्ने समितिले जनाएको छ । यद्यपि, बुधबार १ बजेर ५ मिनेटदेखि नै चतुर्दशी तिथि लागिसकेको हुनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...