लिग–२ क्रिकेटका लागि नेपाली टिमको घोषणा

0

काठमाडौँ, १० कात्तिक । आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेटका लागि नेपाली टिमको घोषणा गरिएको छ । नेपालले अमेरिका र स्कटल्याण्डसँग यो सिरिज खेल्दै छ ।

नेपाली टोली क्यानडामा भएको एक दिवसीय सिरिजपछि अमेरिका पुगेको हो । अमेरिकामा हुने उक्त सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो । रोहित पौडेलको कप्तानीमा चयन गरिएको यो टोलीमा अनुभवी र प्रतिभाशाली खेलाडीहरूको समावेश गरिएको छ।

अमेरिका र स्कटल्यान्डविरुद्धको सिरिजमा सन्दीप लामिछाने पनि खेल्ने छन् । उनी अमेरिकाविरुद्धको टी-२० मा खेलेका थिएनन् ।

क्यानले कप्तान रोहित पौडेलको नेतृत्वमा घोषित १५ सदस्यीय टोलीमा ओपनर कुशल भुर्तेल, अनुभवी विकेटकीपर–ब्याटर आसिफ शेख र अलराउन्डर दीपेन्द्र सिंह ऐरी रहेका छन् । ओपनर र मध्यक्रममा कुशल मल्ल, आरिफ शेख, अनिल साह, भीम सार्की लगायत खेलाडीले ब्याटिङ जिम्मेवारी सम्हाल्नेछन् ।

बलिङतर्फ, सन्दीप लामिछानेको नेतृत्वमा स्पिन आक्रमण सम्हाल्ने जिम्मेवारीमा ललित राजवंशी, कुशल मल्ल र अन्य बलरहरू छन् । मध्यम र तीव्र गतिका बलरहरू सोमपाल कामी, करण केसी र गुल्सन झाको उपस्थिति टिमको बलिङ आक्रमणलाई बलियो बनाउने छ ।

वैकल्पिक खेलाडीको रुपमा सागर ढकाल र देव खनाललाई राखिएको छ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले पहिलो खेल आइतबार अमेरिकाविरुद्ध खेल्नेछ । घरेलु मैदानको फाइदा उठाउँदै अमेरिका पहिलो खेलमा नेपालको लागि चुनौतीपूर्ण प्रतिद्वन्द्वी बन्ने अनुमान गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...