एकसय दिनमा परिणाम देखाउन नसकिने रहेछ : मन्त्री सिंह

4

काठमाडौँ, ४ कात्तिक । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सय दिनमा उल्लेखनीय काम गर्न नसकेको बताउनुभएको छ । आइतबार सय दिनबारे पत्रकार सम्मेलन गर्दै मन्त्री सिंहले राम्रो काम गरेर नतिजा देखाउनको लागि समय लाग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘मन्त्रीको जिम्मेवारी दिइसकेपछि १०० दिनमा मन्त्रालयले खास गरी लक्ष्यअनुसार धेरै कामहरु गरिसकेको छ । तर, आउना साथ जादुको छडी कसैसँग छैन । सहर बनाउने कुरा सय दिनमा बन्दैन । जे जे समस्याहरु छन् ती चाहिँ सम्बोधन गर्नको लागि समय लाग्ने गर्छ । तर, पछिल्लो छोटो समयमा सम्पन्न गरिने कामहरु हामीले गरिसकेका छौँ । तर, कुनै उल्लेखनीय काम मैले जादु नै गरे भन्ने अवस्था चाहिँ छैन ।’

साथै उहाँले सहरहरु व्यवस्थित गर्नका लागि नीति नियममा जोड दिनुपर्ने बताउनुभयो । उहाँले सहरी विकास मन्त्रालयसँग सम्बन्धित रहेका विषयहरुमा सुझाव सल्लाह दिन पनि आग्रह गर्नुभयो ।

उहाँले जे काम गरे पनि खुला रुपमा गर्न चाहेको बताउनुभयो । उहाँले मिडियामा समाचारहरु नराम्रो कामको मात्र आउने तर राम्रो काम गरेको समाचार नआउँदा दुःख लाग्ने गरेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...