रास्वपा प्रवक्ता झाले भने- देउवा लोकतन्त्रका सबैभन्दा ठुला ठग हुन्

1

पोखरा, ३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रकाउ गरिएको विरोधमा पोखरामा प्रदर्शन जारी छ । रास्वपाको आह्वानमा आज पोखराको मानवअधिकार चोकमा प्रदर्शन भएको हो ।

शुक्रबार प्रहरीले सभापति लामिछानेलाई पक्राउ गरेपछि पार्टीका नेता तथा कार्यकर्ताहरूले शनिबार पोखरामा विरोध प्रदर्शन गरेका हुन् ।

पोखराको चिप्लेढुंगास्थित मानव अधिकार चोकमा रास्वपाको नेता कार्यकर्ताले विरोध सुरु गरेका हुन् । प्रदर्शनकारीले ‘राजनीतिक प्रतिशोध बन्द गर, भ्रस्टहरूलाई कारबाही गर, सहकारी पीडितलाई न्याय दे’ जस्ता प्लेकार्ड बोकेका छन् ।

दुईतिहाइको सरकारले दम्भ देखाएर पार्टी सभापतिलाई पक्राउ गरेको प्रदर्शनकारीहरूको भनाइ छ ।

प्रदर्शनपछिको कोण सभालाई सम्बोधन गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सरकारले अदालतमा समेत आफ्नो मान्छे राखेर मनपरी गरेको आरोप लगाउनुभयो ।

शनिबार पोखरामा प्रर्दशनपछिको कोणसभालाई सम्बोधन गर्दै प्रवक्ता झाले सरकार अब नाङ्गिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो सरकारले सबै ठाउँमा आ–आफ्ना मान्छे पुर्‍याउने, आफ्नो कार्यकर्ता भर्ती गर्ने काम गरिरहेको छ । हुँदाहुँदै अदालतमा पनि आफ्नो कार्यकर्ता पुर्‍याएको छ । यसको परिणाम हामीले देखिसकेका छौँ, यो सरकार नाङ्गिएको छ ।’

झाले नेपाली कांग्रेसको महामन्त्री गगन थापालाई पनि धन्यवाद दिँदै व्यङ्ग्यात्मक रुपमा भन्नुभयो,‘गगन थापा तिमी पनि नाङ्गियौँ अब । किनकी अब देशमा युवा पुस्ताले राजनीतिक गर्नुपर्छ भनेर २० वर्षदेखि राजनीति गर्दै आएको मान्छे किन बोल्न सक्दैनौँ । नयाँ दल, पढेलेखेका मान्छे, यहीँ राजनीतिक अभ्यास गर्न चाहने मान्छे देखेर किन आत्तिएको ?’

यस्तै, उहाँले भुटानी काण्डमा मान्छेलाई बेचेर सरकारले आफ्नो मन्त्री बनाएको होइन भनेर प्रश्न गर्नुभयो । उहाँले शेरबहादुर देउवा लोकतन्त्रको सबैभन्दा ठुलो ठग भएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘भुटानी काण्डमा मान्छेलाई बेचेर सरकारले मन्त्री बनाएको होइन ? सदियौँदेखि भ्रष्ट लिएर हिँड्ने प्रवृति हाबी भइसकेको छ । शेरबहादुर देउवा त सबैभन्दा ठुलो ठग हुन् । लोकतन्त्रको सबैभन्दा ठुलो ठग हुन् । त्यसको जवाफ हामीले दिनैपर्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...