प्रधानमन्त्री ओलीलाई रविको प्रश्न- तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नुपर्ने हो ?

30

काठमाडौँ, २ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले कसैलाई पनि नठगेको बताउनुभएको छ ।

आज (शुक्रबार) कास्की जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै उहाँले सामाजिक सञ्जालमार्फत् लामो स्पष्टीकरण दिनुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा हतकडी ?’ भन्दै प्रश्न गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो ११ तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी ?, तपाईं बिचौलियाको सेवा गरे बापत लाखौँको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने ? तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसन्धान गर्दापनि केही भेट्दैनौँ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने ? तिमी र तिम्रा नेता मिलेर सहकारीबाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने ?’

साथै उहाँले प्रमाणित भ्रष्टाचारीबाट करोडौँको जग्गा खुल्लम खुला लिने मैले ठगीको आरोप खेपी दिनुपर्ने भन्दै आक्रोश पोख्नुभएको छ। यस्तै, उहाँले अहिलेलाई, सरकार मरेर आफूलाई जुठो परे पनि न्यायलयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा रहेको बताउनुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...