राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा भगवतीको दर्शन

7

काठमाडौँ, ३० असोज । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित भक्तपुरस्थित नवदुर्गा भगवतीको दर्शन तथा पूजा अर्चना गर्नुभएको छ ।

बडादसैँको अन्तिम दिन अर्थात् बुधबार आश्विन शुक्ल पूर्णिमाका दिन राष्ट्रपति पौडेलले त्यहाँ रहेको नवदुर्गा भगवतीको पूजा अर्चना गर्नुभएको हो ।

बडादसैँको अन्तिम दिन राष्ट्र प्रमुखले भक्तपुरस्थित नवदुर्गा भगवतीको पूजा अर्चना गर्ने प्रचलन छ । यसअघि राष्ट्रपति पौडेलले विभिन्न शक्तिपिठको दर्शन गरी पूजाअर्चना गर्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...