सुदूरपश्चिम रोयल्सको मेन्टरमा अष्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हज नियुक्त

20

काठमाडौँ, २८ असोज । नेपाल प्रिमियर लिग (एनपिएल)को पूर्वसन्ध्यामा सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरेको छ ।

अष्ट्रेलियाका लागि सन् २००७ को विश्वकप विजेता टोलीमा रहेका हजलाई सुदूरपश्चिमले नियुक्त गरेको हो । हजको आगमनसँगै नेपाल सुपर लिग एनपिएल मा सुदूरपश्चिमले उच्च प्रदर्शन गर्ने अपेक्षा गरेको छ ।

हजले कोलकात्ता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) समेत खेलेका थिए । हजको आगमनलाई लिएर टोली उत्साहित रहेको सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले बताउनुभयो ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मंसिर १६ गते देखि एनपिएल सुरु हुँदै छ ।

Share This:
सम्बन्धित खबर
Loading...