मनकामना केबलकार भोलिदेखि तीन दिन बन्द रहने

28

काठमाडौँ, २८ असोज । मनकामना केबलकार तीन दिनसम्म बन्द हुने भएको छ । भोलि मंगलबारदेखि तीन दिनसम्म केवलकार बन्द हुने सूचना जारी गरिएको छ ।

मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्न लागिएको हो । मनकामना दर्शन प्रालि सूचना जारी गर्दै दसैँको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार बन्द गरिएको थियो भने द्वादशीको एक दिन भने केबलकार चलाइएको छ ।

केबलकारको सेवालाई हालैमात्र डिजिटलाइज्ड सिस्टममा स्तरोन्नति गरिएको छ । त्यसका लागि नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरुलाई छोट्याउनुपर्ने लगायतका काम बाँकी छन् ।

ती काम असोज २९ र ३० गते काम सकिने अनुमान छ । १ गते विश्राम गरेर कात्तिक २ गतेदेखि सेवा सुरु गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...