३७ देशका सेनालाई पछि पार्दै नेपाली सेनाले जित्यो स्वर्ण पदक

16

काठमाडौँ, २७ असोज । यसवर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । विश्वका ३७ देशका सेनालाई पछि पार्दै नेपाली सेनाले यसवर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा पदक प्राप्त गरेको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ गतेदेखि २५ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेकोे हो ।

संयुक्त अधिराज्य बेलायतसहित ३७ राष्ट्रका १२१ अन्तर्राष्ट्रिय टोलीको त्यस अभ्यासमा सहभागिता थियो । सन् १९६० देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रियस्तरको त्यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ ।

दुई दिनभित्र हतियारसहित करिब ५० पाउण्ड तौल बराबरका बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरीको अभ्यासमा सहभागी टोलीले गरेको लडाइँ तयारी, खबर सङ्कलन तथा घाइते–बिरामीको व्यवस्थापनलगायतका दक्षता परीक्षणका आधारमा मूल्याङ्कन हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...