त्रिभुवन विमानस्थलमा दुवैतर्फ यात्रुहरुको अत्याधिक चाप

25

काठमाडौँ, २७ असोज । बडादसैँमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढेको छ । आन्तरिक र अन्तर्राष्ट्रिय उडान दुवैतर्फ यात्रुको चाप देखिएको हो ।

असोज २४ र २६ गते आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेकोको तथ्यांक छ । आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवन यात्रुले खचाखच भएको छ ।

असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर तीनसय एक उडान भएका थिए भने सोही दिन अन्तर्राष्ट्रियतर्फ दुईतर्फी एकसय सात उडान भएका थिए ।

२४ गते १७ हजार तीनसय २९ र असोज २५ गते २७८ उडानबाट १४ हजार ४३६ गरी कुल ३१ हजार ७६५ ले आन्तरिक उडानमा हवाई यात्रा गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

अन्तर्राष्ट्रियतर्फ २४ गते दुईतर्फी १०७ उडानमार्फत् १६ हजार ५०९ र असोज २५ गते पनि १०७ उडान हुँदा १४ हजार ९६८ गरी कुल ३१ हजार ४७७ ले हवाईयात्रा गरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...