प्रधानमन्त्रीलाई कांग्रेसको ३४ बुँदे ध्यानाकर्षण, कोषमा पचास लाख

7

काठमाडौँ, २१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेर बहादुर देउवासहितको टोलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ५० लाख हस्तान्तरण गरेको छ ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीलाई भेटेर सभापति देउवाले हालैको प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालिनरुपमा गर्नुपर्ने कामबारे ३४ बुँदे सुझावपत्र तथा चेक हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षले एकताबद्ध भएर सामना गर्नुपर्ने मुख्य भावनासहित दिएका सुझाव मननीय भएको बताउनुभयो ।

उहाँले विपद्ले कुनै जात, उमेर र धर्म नभनी सबैलाई संकटमा पार्ने भएकाले साझा दायित्व सम्झिएर यसको सामना मिलेर गर्ने कार्यमा सरकारले अगुवाइ (लिड) गर्ने विश्वास दिलाउनुभयो ।

नेपाली कांग्रेसले विपद्को सामना मिलेर गर्न र भविष्यमा आउने विपदको पूर्वतयारी गर्न एकता र एकताबद्ध भवनाका साथ लाग्न सरकारलाई आग्रह गरेको छ । सो अवसरमा गृहमन्त्री रमेश लेखक, दलका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा लगायत सहभागी थियो ।

Share This:
सम्बन्धित खबर
Loading...