माफी मागेपछि पत्रकारद्वय ढुंगाना र कँडेल कारागारमुक्त

12

काठमाडौँ, २० असोज । सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगाना अदालती प्रक्रिया पूरा गरेर कारागारमुक्त हुनुभएको छ ।

समाचार लेखेकै कारण अदालतको अवहेलना मुद्दामा केन्द्रीय कारागार सुन्धारामा रहेका कँडेल र ढुंगाना आइतबार प्रक्रिया पूरा गरेर कारागारमुक्त हुनुभएको हो ।

सर्वोच्च अदालतको नौ सदस्यीय बृहत् पूर्ण इजलासले आइतबार अदालतको मानहानी गरेको ठहर गर्दै उनीहरु दुवैलाई जनही तीन महिना जेल सजाय सुनाएको थियो । तर, उनीहरुले माफी मागेपछि सात दिन थुनामा राख्न आदेश दिइएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी मुद्दामा न्यायाधीशहरुले आर्थिक लाभ लिएर फैसला गरेको भन्दै सिधाकुरा अनलाइनले ‘डार्क फाइल’ का नाममा फेक अडियो प्रसारण गरेको थियो ।

उक्त सामग्रीले अदालतको अवहेलना भएको भन्दै सर्वोच्चका उपरजिष्ट्रार गोविन्द घिमिरेले सिधा कुराविरुद्ध निवेदन दिनुभएको थियो । सर्वोच्चले ‘फेक अडियो’ निर्माण गर्ने राजकुमार तिमल्सिनालाई भने ६ महिना कैद सजाय सुनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...