राप्रपाद्वारा मन्थलीका बाढीपीडितहरुलाई राहत सामग्री वितरण

8

हेटौँडा, २० असोज । मकवानपुरको बकैया गाउँपालिका–१० मन्थलीमा बाढीपीडितहरुलाई राहत सामग्री वितरण गरिएको छ ।

राप्रपा मकवानपुर जिल्ला कार्यसमितिले भाँडाकुँडा, त्रिपाल, म्याट, बालबालिकाका लागि कपडा, पानी जार, विद्यार्थीहरुलाई झोलालगायतका सामान दिएको हो । उक्त राप्रपा मकवानपुरबाट ८० घर परिवारलाई सामग्री वितरण भएको बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताउनुभयो ।

असोज ११–१२ गतेको बाढीले बकैया गाउँपालिका वडा नम्बर १० मन्थलीमा ८० घर बगाएको छ । उक्त घरहरु भएका स्थानमा खोला बगिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...