दसैँको मुखमा देश छाड्नेहरु कम छैनन्

8

काठमाडौँ, १९ असोज । दसैँ तिहारको मुखमा देश छाड्नेहरुको संख्यामा कमी आएको छैन । महान चाड विजया दशमी मनाउन देश तथा विदेशबाट नेपालीहरु गाउँ पुगिरहँदा विदेशिनेहरुको संख्यामा कमी आएको छैन ।

रोजगारी र अध्ययनका लागि केही मानिसहरु टीका र खादा लगाएर विदेशिरहेका भेटिन्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवाहरु विदेश जानका लागि परिवारसँग खुसी र दुःख एकैसाथ साट्दै गरेको दृश्यहरु देख्न सकिन्छ ।

अधिकांश नेपालीहरु दसैँको उत्सवमा रमाइरहँदा केही भने रोजगारी र उच्च शिक्षाका लागि विदेश गइरहेका हुन् । अहिले दसैँ मनाउन नपाए पनि परिवारको भविष्यका बारेमा सोचेर आफू विदेशिन लागेको उनीहरुको भनाइ छ ।

चाडपर्व नजिकिएका बेला विभिन्न मुलुकमा गरी भदौमा ५७ हजार ४९३ नेपालीहरुले देश छाडेका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष ०८१/८२ को भदौ महिनामात्र विदेशिनेमध्ये ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला रहेका छन् । साउनमा ६० हजार विदेशिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...