टी-२० महिला विश्वकप : न्युजिल्यान्डले भारतलाई ५८ रनले हरायो

7

काठमाडौँ, १९ असोज । आइसिसी टी-२० महिला विश्वकपमा न्युजिल्यान्ड विजयी भएको छ । युएईमा जारी प्रतियोगितामा न्युजिल्यान्डले भारतलाई ५८ रनले पराजित गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ओभरमा ४ विकेट गुमाएर १६० रन बनाएको थियो ।

बेट्सले २४ बलमा २७ रन बनाएपछि आउट भइन् भने प्लिमरले पनि ३४ रन बनाएर फर्किइन् । त्यसपछि ब्याटिङ गर्न आएकी एमिलिया केर र सोफी डिभाइनले इनिङ्सलाई अगाडि बढाए । केर १३ रनमै आउट भइन् तर डिभाइनले अन्तिम ओभरहरूमा आक्रामक खेल्दै टोलिको स्कोर १६० रन बनाउन ठुलो योगदान गरिन् । कप्तान डिभाइनले नटआउट ५७ रन बनाइन् । उनले ३६ बलमा ७ चौका प्रहार गरिन् । यसैगरी जर्जिया पिलिमरले २४ रन बनाँउदा सुजे बेट्सले २७ रनको योगदान गरिन् । भारतकी रिंकु सिंहले २ विकेट लिइन् ।

१६१ रनको लक्ष्यसहित मैदानमा उत्रिएको भारतले राम्रो सुरुवात गर्न सकेन । शफाली वर्मा, स्मृति मन्धाना र हरमनप्रीत कौर पावरप्लेमा नै आउट भए । भारतीय ब्याटरहरूले लगातार गलत शट खेल्दै विकेट सुम्पिए । भारतीय टोली ७५ रनमा ६ विकेट गुमाइसकेको थियो । अन्ततः रोसमेरी माएरको ४ विकेटको बलिङ प्रदर्शनले भारतलाई १०२ रनमै समेटिन पुग्यो ।

भारतका लागि कप्तान हरमनप्रित सिंहले सर्वाधिक १५ रन बनाउँदा जिमीमा रोड्रिगेज र दिप्ती शर्माले समान १३–१३ रन बनाए । स्मृति मन्धनाले १२ रन बनाउँदा रिचा घोसले पनि १२ रन नै बनाइन् ।

Share This:
सम्बन्धित खबर
Loading...