खत्तमै भयो भन्ने भाष्य गलत प्रमाणित भयो : मन्त्री राणा

21

काठमाडौँ, १८ असोज । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा स्वदेश फर्किनुभएको छ । क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७९औँ महासभा र कतारको दोहामा आयोजित एसिडीको तेस्रो सम्मेलनमा सहभागिता जनाएर देउवा शुक्रबार स्वदेश फर्किनुभएको हो ।

आफ्नो विदेश भ्रमणबारे जानकारी गराउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उहाँले जलवायु परिवर्तनले गरेर देशमा हुने विनाशको बारे धेरै कुराहरु उठाएको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय जगतबाट हेर्दा नेपालको स्थिति खत्तमै भयो भन्ने भाष्य गलत प्रमाणित गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘जलवायु परिवर्तनले गरेर हाम्रो देशमा हुने विनाशको बारेमा धेरै कुराहरु उठायौँ । र अन्तर्राष्ट्रिय जगतबाट हेर्नुपर्दा नेपालको स्थिति केही पनि भएन, खत्तमै भयो देश भनिन्छ त्यस्तो चाहिँ होइन रहेछ ।’

Share This:
सम्बन्धित खबर
Loading...