नेपालमा संघीयता बुझेका नेता नै छैनन् : संघीयता विज्ञ डा.वाग्ले

11

काठमाडौँ, १८ असोज । संघीयता विज्ञ डा.अच्युत वाग्लेले नेपालका कुनै पनि राजनीतिक दलमा संघीयता बुझेका एक जना पनि नेता नभएको टिप्पणी गर्नुभएको छ ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै डा.वाग्ले नेपालको संविधानमा समन्वयात्मक संघीयता उल्लेख गरिएको भए पनि त्यस्तो ‘छेस्को’समेत लागु नभएको बताउनुभयो । संघीयताका विषयमा व्यापक छलफल गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘कुनैपनि राजनीतिक दलमा संघीयता भनेको के हो भनेर राम्रोसँग जानकारी भएको मान्छे एकजना पनि छैनन् । कोहीभए देखाइदिनुस् न मलाई । हाम्रो संविधानमा तीनै तहको सरकारलाई कोअपरेटिभ फेडेरेलिज्म भनेको छ । त्यो भनेको हामीले अभ्यास गरिरहेका छौँ त्योभन्दा विल्कुलै फरक विषय हो । हामी कहाँ त समन्वयतमक संघीयताको छेस्को पनि छैन । यस विषयमा कहीँ पनि बहस भएको छैन । राजनीतिक दलको घोषणापत्रमा बहस भयो कि ? पार्टीको बैठकमा बहस भयो ?’

स्थानीय तहहरुलाई अधिकारपुर्ण बनाएर सोहीअनुसारको काम कारबाही प्रदान गर्नुपर्ने वाग्लेले बताउनुभयो । त्यस्तै, उहाँले सामाजिक सुरक्षा वितरण अस्वभाविक भएको उल्लेख गर्नुभयो ।

मान्छेको आर्थिक हैसियतको आधारमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘सामाजिक सुरक्षाको केही हक स्थानीय सरकारलाई पनि दिनुपर्छ । खरो रुपमा भन्ने गरेको छु–अर्बपतिले सामाजिक सुरक्षा उही पाउने अनि सुकुमबासीले पनि उही पाउने भयो क्या । मलाई तीन हजार चाहिन्थ्यो होला । सुकुमबासीका मानिसलाई ६ हजार आवश्यक पर्थ्यो होला । अर्बपतिलाई एक हजार भएपनि हुन्छ । न्यायोचित हुनुपर्दछ नि ।’

Share This:
सम्बन्धित खबर
Loading...