काठमाडौँले चितवनलाई हरायो

54

काठमाडौँ, १६ असोज । एभरेष्ट वुमन्स भलिबल लिग (इडब्ल्युभिएल) मा चितवन शक्तिले पहिलो हार बेहोरेको छ । चितवनले काठमाडौँ स्पाइकर्ससँग ३–१ ले पराजय बेहोरेको हो ।

राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको खेलमा चितवनले पहिलो हार बेहोरेको हो । काठमाडौँले चितवनलाई २१–२५, २५–१०, २५–२२ र २५– १७ ले हरायो ।

पहिलो सेटमा जित निकालेको चितवन पछिल्ला तीन सेटमा भने टिममा तालमेल मिल्न नसक्दा कमजोर देखियो ।

पहिलो सेटमा सुरुवाती अग्रता बनाएको काठमाडौँले बीचमा मोमेन्टम बिग्रान पुग्यो । जसको फाइदा चितवनले उठायो । पहिलो सेटको बीचमा पुग्दा चितवनले १५–१० ले अग्रता बनायो । काठमाडौँले पछ्याउँदै १९–२१ को अवस्था बनायो । पहिलो सेट भने चितवनले २५–२१ ले आफ्नो पक्षमा पार्‍यो ।

दोस्रो सेटमा पनि काठमाडौँले ८–४ ले अग्रता बनायो । सुरुवाती अग्रतालाई निरन्तरता फराकिलो जित निकाल्दै २५–१० ले जित निकाल्यो ।

तेस्रो सेटको सुरूवातमा चितवनले मोमेन्टम समात्न नसकेको जस्तो लिन सकेन । काठमाडौँले दोस्रो सेट जस्तै उत्कृष्ट लयसँगै तेस्रो सेट पनि जित्यो । काठमाडौँले २५–२२ मा सेट जित्यो । चौथो सेटमा पनि चितवनमाथि दबदबा बनाउँदै काठमाडौँले जित निकालेको हो ।

आज काठमाडौँको खेलमा निकै सुधार देखियो । चितवन भने पहिलो खेलमा गण्डकीसँग जस्तो खेल्न सकेन । जसको फलस्वरुप काठमाडौँले आजको खेल जितेको हो । चौथो सेटमा २५–१७ हराउँदै काठमाडौँले पहिलो जित हात पारेको छ ।

चितवनले आफ्नो तेस्रो खेल भोलि (बुधबार) मधेस युनाइटेडसँग खेल्नेछ ।

Share This:
सम्बन्धित खबर
Loading...