विरोधका लागि मात्र विरोध भइरहेको छ : प्रधानमन्त्री ओली

79

काठमाडौँ, १४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला सरकारले प्रभावकारी भूमिका निर्वाह नगरेको भनेर विरोधका लागि विरोध मात्र गरिएको बताउनुभएको छ ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारले विपद्को बेला सरकारको लज्जास्पद भूमिका रह्यो भन्ने विरोध छ यसमा के भन्नु हुन्छ भनेर सोधिएको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘विरोधका लागि विरोध भइरहेको छ । सरकारले गर्न सक्नेसम्मको काम गरिरहेकै छ । तत्काल सेना प्रहरी खटाएर उद्धार गरेको छ । बाढी आउने कुरालाई रोक्न सकिँदैन । पहिरो पनि पूर्व सूचना दिएर जाँदैन । पहिरो गएपछि त क्षति पुर्‍याउने नै भयो । यस्तो संवेदनशील बेलामा सबै मिलेर यथार्थपरक ढंगले लाग्नुपर्छ ।’

उहाँले आफू बाहिर हुँदा पनि घटनाबारे जानकारी लिइ आवश्यक निर्देशन समेत दिएको स्पष्ट पापर्नुभयो । अब सरकारले अझ प्रभावकारी ढंगले राहत, उद्धारको र पुनःनिर्माणको काम गर्ने विश्वास दिलाउनुभयो ।

प्रधानमन्त्री ओली अमेरिकाको ११ दिने भ्रमण सकेर आज स्वदेश फर्किनुभएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...