उपत्यकाका तीन जिल्लामा बाढीबाट २३ जनाको मृत्यु, ३ जना बेपत्ता

19

काठमाडौँ, १२ असोज । शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्र २३ जनाको मृत्यु भएको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार बाढीमा परेर काठमाडौँ, ललितपुर र भक्तपुरमा गरेर २३ जनाको मृत्यु भएको हो ।

घिमिरेका अनुसार, तीन जिल्लामा गरेर ३ जना बेपत्ता छन् । ललितपुरमा हेलिकोप्टरबाट उद्दार भइरहेको घिमिरेले बताउनुभयो । तीनवटै सुरक्षा निकायका सेना, प्रहरी र सशस्त्रको टोली उद्धारमा खटिएको छ । साथै काठमाडौँ महानगरपालिकाले समेत १७ वटा टोली उद्धारमा खटाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...