कृषिमन्त्री अधिकारीलाई डेंगु संक्रमण

20

काठमाडौँ, ४ असोज । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीलाई डेंगु संक्रमण भएको छ ।

गत पाँच दिनअघिदेखि डेंगुबाट संक्रमित हुनुभएका कृषिमन्त्री अधिकारी अहिले अस्वस्थ भएर भैंसेपाटीस्थित मन्त्री क्वाटरमै आराम गरिरहनुभएको छ ।

विराटनगरको कार्यक्रमबाट फर्किएपछि अस्वस्थ भएको र अहिले पूर्वनिर्धारित कार्यक्रमहरु सबै स्थगित गरेर मन्त्री क्वाटरमै आराम गरिरहेको मन्त्री अधिकारीले बताउनुभयो ।

‘म अहिले निकै अस्वस्थ भएको छ । ज्वरो आएर जिउ नै गलिरहेको छ । मैले दाङ जाने कार्यक्रम थियो त्यो पनि स्थगित गरेको छु । अहिले प्रधानमन्त्रीको बिदाईको लागि एकचोटी जाउँ कि सोचिरहेको छु,’ उहाँले नेपाल न्युज बैंकसँग भन्नुभयो ।

एक कार्यक्रमका लागि विराटनगर जानुभएका उहाँ पाँच दिनअघि नै काठमाडौँ फर्किनुभएको थियो । विराटनगरबाट फर्किएपछि उहाँलाई डेंगु संक्रमण पुष्टि भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...