संसद् अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

34

काठमाडौँ, ३० भदौ । सरकारले जारी संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । माओवादीले ‘हिंसा’ शब्दलाई लिएर संसद अवरोध जारी राखेपछि आज बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।

सोमबार अन्तिम बैठक बसेपछि राति १२ बजेदेखि अधिवेशन अन्त्य हुने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जम्मा दुईवटा निर्णय गरेका छौँ, जसमा निर्वाचन आयोगको सिफारिसमा स्थानीय तहको रिक्त ३९ पद नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समितिको प्रमुखदेखि लिएर वडा अध्यक्षसम्मको पद खाली भएको छ । त्यो खाली भएको ठाउँमा २०८१ साल मंसिर १६ गते आइतबारको दिन निर्वाचन गर्ने निर्णय गरेका छौँ । संघीय संसद्को दुवै सदनको चालु अधिवेशन २०८१ भाद्र ३१ गते राति १२ बजेदेखि अन्त्य गर्न सम्मानीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेका छौँ । ’

साथै आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नै स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा गर्ने जनाएको छ । निर्वाचन आयोगका अनुसार तीन पालिका प्रमुखसहित ३९ पद रिक्त छ ।

Share This:
सम्बन्धित खबर
Loading...