बम बिस्फोटबाट घाइते भएकाहरुको उपचार सरकारले गर्ने

24

काठमाडौँ, २३ भदौ । पाँचथरको फालेलुङ गाउँपालिका ५ डाँडागाउँमा भएको बम बिस्फोटमा परी घाइते भएका पवन र दिप्सन राईको उपचारको जिम्मा नेपाल सरकारले लिने भएको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेल कीर्तिपुर अस्पतालको बर्न शाखामा उपचाररत पवन र दिप्सनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुग्नुभएको थियो । उहाँले उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

घटनामा घाइते भएका चार जना बालबालिका ध्ये ११ वर्षीय दिप्सन साँवा र अढाई वर्षीया प्रिन्सा साँवाको मृत्यु भइसकेको छ । उनीहरु दाजु बहिनी हुन् । पवन र दिप्सन राईको भने कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।

फालेलुङ गाउँपालिकाको डाँडागाउँमा आइतराज केरुङको घरमा ०८१ भदौ १३ गते बिष्फोटक पदार्थ (द्वन्द्वकालको ह्यान्डमेड सकेट बम) बिष्फोट हुँदा उक्त घटना भएको हो । पाँचथरमा यसअघि पनि पटक पटक बम बिस्फोट हुँदा यस्ता खाले घटना भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...