काठमाडौँ, २२ भदौ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमन कुमार मास्केले पूर्वाधार विकासमा इन्जिनियर र जनप्रतिनिधि दुवैको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।
शनिबार स्थानिय तहको विकास, जनप्रतिनिधि र इन्जिनियरको भूमिका विषयक छलफल कार्यक्रममा उहाँले जनप्रतिनिधिहरुको भिजनलाई लिएर इन्जिनियरहरु हातेमालो गर्दै अगाडि बढ्नु पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो पूर्वाधार क्षेत्रको विकासमा इन्जिनियरहरुको महत्वपूर्ण भूमिका र योगदान हुन्छ भन्ने कुरालाई हामीले बिर्सिनु हुँदैन । यसको साथै जनप्रतिनिधिहरु भिजन लिएर नीति निमार्ण गर्ने व्यक्तिहरुको रुपमा इन्जिनियरहरुसँग हातेमालो गर्दै अझै एक रथको दुई पाङ्ग्रा जसरी काम गर्नुपर्ने हुन्छ । तब मात्र हामीले साच्चिकै स्थानिय तहको विकास गर्न सक्छौँ ।’
जनप्रतिनिधिहरुले नीति निर्माणलगायत धेरै कुरामा महत्वपूर्ण भूमिका खेल्ने भन्दै इन्जिनियरहरुले सोही नीति अनुसार काम गर्नुपर्ने उहाँको भनाइ छ ।