काठमाडौँ, १८ भदौ । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले अमेरिकाको रणनीति सफल भयो भने नेपाल दोस्रो युक्रेन बन्ने खतरा रहेको बताउनुभएको छ ।
मंगलबार काठमाडौँमा नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित एमसिसी, एसपिपी र राष्ट्रिय स्वाधिनता विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले एमसिसीको खारेज गर्न नसकेका नेपाल दोस्रो युक्रेन बन्ने खतरा रहेको बताउनुभयो ।
‘अमेरिकाको रणनीतिमा नेपाल बस्यो भने नेपाली भूमि दोस्रो युक्रेन बन्ने खतरा छ । सम्पूर्ण वामपन्थी, राष्ट्रवादी शक्तिहरूलाई एक ढिक्का भएर प्रतिवाद गर्न आग्रह गर्छु । सबै मिलेर प्रतिवाद गर्न सकियो भने हाम्रो मुलुक सदाका लागि स्वाधीन बन्नेछ अमेरिकी सैन्य रणनीतिको हिसाबले ब्याक भएका छैनन् ।’
उहाँले अमेरिकाको सैन्य रणनीतिअन्तर्गत नेपालमा एमसिसी ल्याइएको दाबी गर्दै एमसिसीको विपक्षमा उभिन सबैलाई आग्रह गर्नुभयो । प्रत्यक्ष एसपिपीको हिसाबले लागु नगरे पनि विचार, नीति हिसाबले ब्याक भएका विचार, नीति हिसाबले ब्याक नभएको उहाँको भनाइ छ ।
महासचिव गुरुङले सोझै सैनिक ल्याएर क्याम्प बनाउनभन्दा पनि बढीभन्दा बढी सूचना केन्द्र बनाउन खोजिएको भन्दै खबरदारी गर्न नसकिए राष्ट्रिय स्वाधीनता गुम्ने खतरा रहेको बताउनुभयो ।