काठमाडौँ, १३ भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ज्यानु बसन्त राज मिश्र फाउण्डेसनले प्रतिभाहरुको सम्मान गरेर ऐतिहासिक काम गरेको बताउनुभएको छ ।
त्यस्तै, संस्थाले महत्वपूर्ण विषय र विभागहरुलाई आफ्नो ठाउँबाट झक्झक्याएर सहयोग गरेको भन्दै प्रशंसा पनि गर्नुभयो ।
बिहीबार ज्यानु बसन्त राज मिश्र फाउण्डेशन समाजिक प्रतिभा सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पुरस्कार प्रदानले सबैमा प्रतिभा झन् झल्किरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘संस्थाले असाध्यै समसामहिक, अति महत्वपूर्ण विषय र विभागहरु जोडेको छ । मुलुकमा धेरै कुराको आवश्यक्ता छ र ति आवश्यक्ताहरुलाई पूरा गर्न संस्थाले बेला बेला झक्झक्याइरहेको छ । यसले संस्थाको महत्व झल्किने छ ।’
साथै उहाँले नेपालको पर्यटन क्षेत्रको विकासमा यस्ता निजी क्षेत्रहरुले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले यो क्षेत्रको विकासमा नेपाल सरकारको सहयोगभन्दा पनि निजी क्षेत्रमा लागेका विज्ञहरु र व्यवसायीहरुले पर्यटन क्षेत्रलाई अगाडि बढाएको जिकिर गर्नुभयो ।