हेटौँडाको होटलमा महिलाको शव फेला
हेटौँडा, १० भदौ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित रत्न एण्ड लज होटलमा एक महिलाको शव फेला परेको छ ।
मृतक महिलाको उमेर २५ देखि ३० वर्षको बीचमा रहेको अनुमान गरिएको छ ।
स्थानीयवासीले बताएअनुसार सोमबार बिहान करिब ८ बजे घटनाबारे जानकारी पाइएको थियो । आइतबार बेलुकी ५ बजेतिर एक पुरुष र महिला उक्त होटलमा प्रवेश गरेको देखिएको थियो ।
घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान सुरु गरेको छ । प्रहरी टोली घटनास्थलमा पुगी थप अनुसन्धान गरिरहेको जनाइएको छ ।