चंखेलीमा जिप दुर्घटना हुँदा ७ जना घाइते

41

मुगु, ५ भदौ । हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकामा बुधबार बोलेरो जिप दुर्घटना भएको छ । बुधबार बिहान ८ बजेको समयमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको बोलेरो जीप चंखेली गाउँपालिका–२ गर्खादेखि देउली बजारतर्फ आउँदै गर्दा मुगु सडक खण्डको गौरी सल्लास्थित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्ला प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । चालकसहित सात जना सवार रहेको उक्त जिपमा पाँच जना सख्त घाइते भएको र दुई जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।

सख्त घाइते हुनेमा चंखेली गाउँपालिका घर भएका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तील बहादुर शाही, १५ वर्षीय रविन शाही र मुगुको छायानाथ नगरपाली–१३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्ल सख्त घाइते भएको जानकारी प्राप्त भएको छ । उनीहरुको शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ । यस्तै, बाजुरा बुढीनन्दा नगरपालीका–४ घरभएका सावरी चालक महेन्द्र विक्रम शाह मध्यम र चंखेली गाउँपालिका–२ बस्ने मायादेवी शाही सामान्य घाइते भएका छन् ।

दुर्घटना हुनासाथ मिमि प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा खटिएको सात जनाको टोली घट्नास्थलमा पुगेर उनीहरुको उद्धार गरिएको हो । गौरी सल्लास्थित दुर्घटना भएको बोलेरो जिप सोही स्थानको मोडमा मोड्ने क्रममा सडकदेखि १५० मिटर तल खसेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...