काठमाडौँ, ३ भदौ । सोलुखुम्बुको थामेमा नेपाल टेलिकमको मोबाइल सेवा स्थापित भएको छ ।
सोलुखुम्बुको खुम्बु गाउँपालिका–५ थामेमा गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीका कारण विद्युत् अवरुद्ध हुँदा बन्द भएको टेलिफोन तथा इन्टरनेट सेवा सुचारू भएको टेलिकमले जनाएको हो ।
‘सोलुखुम्बु जिल्लाको खुम्बु गाउँपालिका-५, थामेमा गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीले गर्दा खुम्बु बिजुली कम्पनीमा समस्या आएको कारण विद्युत् सेवा अवरुद्ध हुन गई उक्त क्षेत्र लगायत नाम्चे, खुमजुंग, पानी ट्यांकीका बिटिएस टावरहरु बन्द भएकोमा नेपाल टेलिकमले उक्त बिटिएस टावरहरु सञ्चालन गरी हाल टेलिफोन तथा इन्टरनेट सेवा सुचारु गरिसकेको छ ’टेलिकमद्वारा जारी सूचनामा उल्लेख छ ।