आयात र निर्यात देखिएको असन्तुलन चाँडै समाधान हुन्छ : मन्त्री भण्डारी

16

काठमाडौँ, ३२ साउन । उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री दामोदर भण्डारीले आयात र निर्यात रहेको असन्तुलनलाई सन्तुलनमा ल्याउन सरकारले चाँडै योजना लिएर आउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

शुक्रबार नेपाल सिमेन्ट उत्पादक संघको नवनिर्वाचित कार्यकारीणी समितिको पदभार हस्तान्तरण कार्यक्रममा उहाँले आर्थिक संकुचनका कारण दायित्व थपिएको भन्दै चुलिएको व्यापार घाटा र आयात एवम् निर्यातमा रहेको असन्तुलनलाई सन्तुलनमा ल्याउन सरकारले चाँडै योजना लिएर आउने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘यतिबेला आर्थिक संकुचन छ । दायित्व थपिएको छ । चाहेको बेला निर्यात अनुदानलाई समयमा दिन सकेको छैनौँ । आयात र निर्यात जुन असन्तुलन छ, व्यापार घाटा जसरी चुलिएको छ । यसलाई पनि सन्तुलनमा ल्याउन सरकारले चाँडै योजना ल्याउँछ । त्यसैले आजको लगानीको क्षेत्रमा कुनै अवरोध होला कि भन्ने कुनै दुविधा राख्नुपर्दैन । त्यसमा यहाँहरुससँग सहकार्य गर्न सरकार तयार छ ।’

मन्त्री भण्डारीले लगानीका क्षेत्रहरु उत्पादन, उत्पादकत्व वृद्धिमा अहिलेको मौदि«क नीतिले बल पुर्‍याएको धारणा राख्नुभयो । अब लगानीको क्षेत्र फैलाएर उत्पादकत्व वृद्धिका लागि तयार हुनुपर्ने बेला आएको उहाँको भनाइ छ ।

उहाँले अब सिमेन्ट उत्पादक संघको डेडिकेटेड लाइन नकाटिने भन्दै यसमा ढुक्क हुन आग्रह गर्नुभयो । नेपालका उद्योगीहरुलाई विद्युत् र बाटो कुनै पनि हालतमा राज्यले पुर्‍याउने दाबी गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...