गठ्ठाघरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

149

काठमाडौँ, ३१ साउन । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

ना६ख २१७३ नम्बरको भाडाको ट्रकले बा४९प ८९४४ नम्बरको स्कुटर चालकलाई टक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु भएकी महिलाको सनाखत भएको छैन । शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । ट्रकको चक्काले किचेको अवस्थामा प्रहरीले मृतकको शव निकालेको छ ।

घटनापश्चात् घटनास्थलमा प्रदर्शनकारीले प्रदर्शन गरेका थिए । उनीहरुले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए । स्थिति नियन्त्रणमा लिन काठमाडौँबाट १९५ जना थप प्रहरी परिचालन गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...