कर्णाली र सुदुरपश्चिम मात्र होइन देश बुझ्न ‘बुलाकी’ हेर्नुपर्छ : सुरक्षा पन्त [भिडिओ]

38

काठमाडौँ, ३१ साउन । पछिल्लो समय अभिनेत्री सुरक्षा पन्त निकै व्यस्त हुनुहुन्छ । यही साउन ३२ गते उहाँ अभिनित फिल्म ‘बुलाकी’ पुनः प्रदर्शन हुँदै छ ।

नेपालको पहिलो कविता रियालिटी शो ‘द पोइट आइडल’ की निर्णायकसमेत रहनुभएकी नायिका पन्त फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा उहाँ प्रचारप्रसारका लागि दौडधुप गरिरहनुभएको छ ।

कर्णाली र सूदूरपश्चिम क्षेत्रमा छायांकन गरिएको चलचित्र बुलाकी समग्र देशकै नारीहरुको कथा भएको कारण पुनः प्रर्दशनका क्रममा दर्शकको साथ पाउनेमा आशावादी हुनुहुन्छ सुरक्षा । ‘पहिलो प्रदर्शनमा दर्शकको साथ रहँदारहँदै हलबाट उतार्नुपर्‍यो । कर्णाली र सुदूरपश्चिममा खिचिएको भएपनि सिनेमाले समग्र देशका नारीहरुको प्रतिनिधित्व गर्ने भएकाले पनि यो ऊर्जाका साथ हामी फेरि दर्शककोमा जाँदैछौँ । कर्णाली प्रदेशमा विद्यमान जारी प्रथामा आधारित सिनेमा बनाएका छौँ,’ उहाँले भन्नुभयो ।

कर्णालीमा भएको जारी प्रथाको बाहेक चलचित्रमा प्रेम र दाम्पत्य जीवनमा उतारचढाव पनि समावेश छन् । विद्यमान जारी प्रथाको मूल कथावस्तुमा निर्माण गरिएको ‘बुलाकी’ लक्ष्मण सुनारले निर्देशन गर्नुभएको हो ।

चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाईंलगायतको अभिनय छ । चलचित्रमा शिव ढकालको छायाङ्कन रहेको छ ।

कलाकार बन्नका लागि अभिनयसँगै व्यक्तित्व पनि आवश्यक छ । कला क्षेत्रमा शितलता प्रदान गर्ने व्यक्तित्व जरुरी छ । मान्छे हेर्दा हेरिरहुँ लाग्ने ब्युटी हुनु आवश्यक छ । अभिनय र व्यक्तिले बाँच्ने जीवन सधैँ राम्रो हुनुपर्दछ जस्तो लाग्छ ।

‘कर्णालीलाई जसरी परिभाषित गरिएको छ त्यसलाई मैले नितान्त फरक पाए । कर्णाली एकदमै धेरै पीडित छ भनेर भाष्य निर्माण गर्न खोजिएको छ । तर, त्यहाँ वास्तवमा त्यस्तो छैन । एकदमै समृद्ध लाग्यो । भौगोलिक, राजनीति, धर्म र परिवेशका आधारमा र मान्छेहरुको सोच्ने तरिकाहरु निकै गजब छ । महिलाहरु पनि चुलोचौकोमा मात्र होइन । जहाँ पनि जाने, घरको निर्णय आफैँ लिन सक्ने र रोकतोक नभएको पाइयो । त्यहाँ भएका महिलाहरु स्वतन्त्र तरिकाले बाँचिरहेका छन्,’ उहाँले करिब एक महिना कर्णाली बस्दाको अनुभव सुनाउनुभयो ।

बुलाकीको क्रममा धेरै नयाँ कुरा सिक्ने अवसर मिलेको सुरक्षाको भनाइ छ । उहाँले बुलाकी फिल्ममा स्थानीय भाषा बोल्न अप्ठ्यारो लागे पनि कर्णाली क्षेत्रका मानिसहरुको सोच सबैभन्दा बढी मन परेको बताउनुभयो । उहाँले कर्णालीका मान्छेहरुमा सबैभन्दा बढी ऊर्जा रहेको पनि सुनाउनुभयो । उहाँले विकट ठाउँको महिलाहरु कमजोर हुन्छन् भनेर सोच्ने तरिका नै गलत भएको बताउनुभयो । कर्णालीका मान्छे हेर्दा हामी चाहिँ दुःखी पीडित हौँ कि जस्तो सुरक्षालाई लागेको छ ।

उहाँले फिल्ममा खस भाषाका शब्दहरु स्मरण गर्न साह्रै गाह्रो भएको समेत सुनाउनुभयो । उहाँले भाषाभन्दा पनि कर्णाली भाषाको गीतमा बढी फोकस गरेको बताउनुभयो ।

उहाँले आफूलाई सबै क्यारेक्टरमा काम गर्न खुसी लाग्ने समेत बताउनुभयो । कलाकार भएकै हिसावले पनि कसैलाई जज गर्न नहुने उहाँको तर्क थियो । उहाँले जस्तो खालको पात्र आए पनि आफ्नो लागि पात्र नै प्रमुख हुने बताउनुभयो । उहाँले जतिसक्दो आफ्नो एउटा सहज वातावरणमा बसेर काम गरिरहँदा बाहिर निस्केर काम गर्दा बढी आनन्द आउने सुरक्षाको भनाइ छ । उहाँले सबै क्यारेक्टरले हामीहरुलाई च्यालेन्जको रुपमा पनि हेर्न सकिने बताउनुभयो । आफूले आफूलाई परिवर्तन क्यारेक्टरले मात्र गर्न सक्ने सुनाउनुभयो । त्यसैले क्यारेक्टर फरकफरक गर्नुपर्छ ।

सुरक्षाले बुलाकी पुनः रिलिज हुँदा यसलाई आफूले गुड लक या ब्याड लक कुन रुपमा लिनुभएको छ भन्ने प्रश्नमा सुरक्षाले रिलिज भएपछि मात्र थाहा हुने बताउनुभयो । उहाँले गुड लक या ब्याड लकको रुपमा नलिएरै यो एउटा नितान्त यात्राको रुपमा लिएको उहाँले सुनाउनुभयो ।

उहाँले आफूले गरेका सिनेमाहरुले राम्रै व्यापार गरेको पनि बताउनुभयो । उहाँले बक्स अफिसमा हेर्ने हो भने आफूले जतिपनि सिनेमा गरे समग्र सबैले बक्स अफिसमा राम्रै योगदान गरेको बताउनुभयो । यसका साथै उहाँले ब्लकबस्टर चाहिँ कुनै सिनेमा नभए स्वीकार गर्नुभयो ।

उहाँले आफूले छाडेको सिनेमा हिट भएको समेत बताउनुभयो । उहाँले आफूलाई वौद्धिक नायिकाको रुपमा नहेरेको बताउनुभयो । उहाँले मुर्ख भएर पनि कुरा गर्ने तथा सामान्य व्यक्ति भएर पनि कुरा गरिरहँदा आफूलाई बौद्धिक भन्न नरुचाउने सुरक्षाको सोच छ ।

ईन्जिनियरिङ क्षेत्र छाडेर कलाकारितामा आएको मान्छे वौद्धिक नभएर मुर्ख हो भन्न रुचाउने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘कान्स फेस्टिबलमा जाँदा सपना हो की जस्तो लागेको थियो । टिभीमा देखिरहेको अर्थात् भगवानसँग मागिराख्दा पनि हे भगवान कान्समा जान पाइयोस् भनेर पूजा गरिराखेको ठाउँ हो । एक्कासी त्यसरी जान पाउँदा आफ्नो लागि सपना सरह नै थियो ।’

उहाँले पछिल्लो समय अश्लिलता भित्रिँदै गएको समेत बताउनुभयो । उहाँले एउटा कलाकार भइसकेपछि स्वतन्त्रताको नाममा र प्रगति गर्नुपर्छ भन्ने नाममा हामीले धर्म संस्कृतिलाई भुल्न नहुने सुझाव दिनुभयो । तीज गीत छाडा भएकाले यसलाई न्यूनीकरण गर्नुपर्ने नायिका सुरक्षाको भनाइ छ । न्यूनीकरणका लागि संघसंस्था बनेका छन् । लोकदोहोरीको लागि त झन् सशक्त संस्थाहरु छन् पहल गरेर कसरी रोक्न सकिन्छ भनेर प्रगति मुलक बनाउन सकिने उहाँको भनाइ छ ।

साथै उहाँले फिल्म क्षेत्रमा काम गर्न अबको समयमा गाह्रो नरहेको बताउनुभयो । उहाँले सिनेमा क्षेत्र स्वतन्त्र क्षेत्र भएको बताउनुभयो । अरु क्षेत्रको जस्तो नियम कानुनमा बाधिएको क्षेत्र नरहेको उल्लेख गर्नुभयो । उहाँले फिल्म क्षेत्रलाई सवलीकरण गरेर अगाडि बढाउन जरुरी रहेको बताउनुभयो । उहाँले यस क्षेत्रमा आउनका लागि गाह्रो नभएको बताउनुभयो । उहाँले सोसल मिडियाबाटै यो क्षेत्रमा प्रवेश गर्न सकिने बताउनुभयो । तर, कालान्तरसम्म टिक्न एकदमै गाह्रो रहेको बताउनुभयो । उहाँले कालान्तरसम्म टिकिरहन आफ्नै निष्ठा, आफ्नै मेहनतको आवश्यकता हुनुपर्ने बताउनुभयो । उहाँले कला प्रमाणित गरिसकेपछि महिलाका लागि यो क्षेत्र सुरक्षित रहेको बताउनुभयो ।  -नेपाल न्युज बैंक

Share This:
सम्बन्धित खबर
Loading...