काठमाडौँ, २९ साउन । काठमाडौँको माइतीघर मण्डलामा एक सातादेखि प्रदर्शन गरिरहेका दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
फलामको साङ्लो बाँधेर प्रतिकात्मक प्रदर्शन गरिरहेका सुनारलाई प्रहरीले नियन्त्रण लिइएको हो ।
बानेश्वरस्थित संसद् भवन प्रवेश गर्न खोजेपछि नियन्त्रण लिनु परेको प्रहरीले जनाएको छ । हाल उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।
उनी गत बुधबारदेखि माइतीघरमा प्रदर्शन गर्दै आएका थिए । ‘दलितलाई खै ?’ लेखिएको ब्यानरसहित उनी प्रदर्शन गर्दै आएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डलमा दलितलाई उपेक्षा गरिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
१४ प्रतिशत जनसंख्या ओगटेका दलितलाई बेवास्ता गरेर समावेशीकरण र समतामुलक समाज स्थापना नहुने सुनारको भनाइ छ ।