विद्युत् प्राधिकरणको आम्दानी एक खर्ब १६ अर्ब नाघ्यो, सम्पत्ति कति ?

32

काठमाडौँ, २५ साउन । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्नु प्राधिकरणका लागि थप चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।

शुक्रबार नेपाल विद्युत् प्राधिकरणले विगत एक वर्षमा गरेका काम कारबाही र समसामयिक विषयमा जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक घिसिङले चुनौतीहरुको समाधान गरी आगामी दिनमा मुलुकभरका नागरिकलाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न नाफासहितको सक्षम, सबल प्राधिकरण बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,‘आगामी दिन प्राधिकरणका लागि थप चुनौतीपूर्ण छन् । आहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्नु पहिलो चुनौती हो । उत्पादित विद्युत्को बजार व्यवस्थापन दोस्रो चुनौतीको रुपमा रहेको छ । विद्युत् आपूर्तिको नियमितता र गुणस्तर वृद्धि गर्नु तेस्रो चुनौती रहेको छ । चुनौतीहरुको समाधान गरी आगामी दिनमा मुलुकभरका नागरिकलाई पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति गर्न हरसम्भव प्रयास गर्ने र नाफासहितको सक्षम, सबल प्राधिकरण बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।’

प्राधिकरणको आम्दानी एक खर्ब १६ अर्ब रुपैयाँबाट उकालो लागेको छ । प्राधिकरणको कुल सम्पत्ति ८ वर्षअघि दुई खर्ब ११ अर्ब रुपैयाँ रहेकामा हाल ६ खर्ब ३२ अर्ब रुपैयाँ रहेको जानकारी पनि दिनुभयो ।

प्राधिकरणले अन्तर्राष्ट्रिय परामर्शदातामार्फत् आफ्नो सम्पत्तिको वास्तविक मूल्यांकन गरेको र जसबाट प्राधिकरणको सम्पत्तिमा अझ बढोत्तरी हुने देखिएको उहाँको विश्वास छ ।

‘प्राधिकरणको आम्दानी एक खर्ब १६ अर्ब रुपैयाँबाट उकालो लागेको छ । प्राधिकरणको कुल सम्पत्ति ८ वर्षअघि दुई खर्ब ११ अर्व रुपैयाँ रहेकोमा हाल ६ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । प्राधिकरणले अन्तर्राष्ट्रिय परामर्शदातामार्फत् आफ्नो सम्पत्तिको वास्तविक मूल्यांकन गरेको छ जसबाट प्राधिकरणको सम्पत्तिमा अझ बढोत्तरी हुने देखिएको छ । देशभरि रहेको जग्गाहरुको एकिन गरी करिब ४० हजार २०० रोपनी जग्गाको पहिचान भएको छ भने गत वर्ष मात्र काठमाडौँ उपत्यकाभित्रको करिब ७२ रोपनी १२ आना जग्गाको पूर्जा प्राप्त भएको छ,’ उहाँले भन्नुभयो ।

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय प्रतिस्पर्धी बजारको डे–अहेड र रियल टाइम मार्केट र मध्यकालीन सम्झौताबमोजिम पनि विद्युत् निर्यात भइरहेको निर्देशक घिसिङको दाबी छ ।

उहाँले सुख्खायाममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरुबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गाह्रो हुने भन्दै गत आर्थिक वर्षमा भारतबाट १ अर्ब ९१ करोड युनिट अर्थात् १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको छ जानकारी दिनुभयो ।

सन् २०३५ भित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहितको सरकारको कार्ययोजना पूरा गर्न प्राधिकरण क्रियाशील रहने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...