नगर प्रहरी चुस्त र दुरुस्त हुनुपर्छ : मेयर महर्जन

40

काठमाडौँ, २४ साउन । ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी चुस्त र दुरुस्त हुनुपर्ने बताउनुभएको छ ।

बिहीबार ललितपुर महानगरपालिकाद्वारा प्रकाशित तस्बिरमा नगर प्रहरी नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले नगर प्रहरी स्मार्ट हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ललितपुर नगरपालिकामा एउटा नयाँ कन्सेप्ट हामीले लियौँ, त्यो भनेको चाहिँ नगर प्रहरी चुस्त र दुरुस्त हुनैपर्छ, नगर प्रहरीले स्मार्ट हुनुपर्छ, दिएको आदेश चाहिँ सफलपूर्ण पारेर आउनैपर्छ अनि मात्र काम हुन्छ । ’

साथै, उहाँले प्रहरीले सफल काम नगरे जनप्रतिनिधिको सुरक्षा महाभारत जस्तै हुने जिकिर गर्नुभयो । उहाँले नगर प्रहरीले राम्रो काम गरे मात्र जनप्रतिनिधिको पनि सम्मान हुने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...