काठमाडौँ, २३ साउन । सरकारले एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ ।
बुधबार दुर्घटनापछि मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापा संयोजक रहेको जाँचबुझ आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यो घट्नाको छानबिनका लागि जाँचबुझ गरी प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो । समितिमा नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापा संयोजक र सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत रहेका छन् । जाँच आयोगको कार्यअवधि काम सुरु भएको मिति देखि ३० दिन हुने छ ।’