काठमाडौँ, २३ साउन । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीलाई प्राथमिकतामा राखेर खेलकुद योजना बन्नुपर्ने बताउनुभएको छ ।
उपाध्यक्षको चार वर्षे पदावधि सकिएर बिदा भएका शिव कोइरालालाई सम्मान गर्दै उहाँले खेलकुदका योजना बनाउदा खेलाडीको सुविधलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
मन्त्री चौधरीले स्वास्थ्य तथा शिक्षामा सहुलियत दिन सकिने भन्दै यसका लागि खेलाडीको वर्गीकरण गरिने पनि उल्लेख गर्नुभयो ।
बिदाई कार्यक्रममा शिव कोइरालाले परिषद्मा चार वर्ष उपाध्यक्षका रुपमा काम गदौ धेरै कुराहरु सिकेको भन्दै अझै यस क्षेत्रमा सुधार गर्नु पर्ने धरै विषय रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले पनि नेपाली खेलकुदको विकासका लागि सम्पूर्ण पक्षको एकता आवश्यक हुने बताउनुभयो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यहरु, विभागीय प्रमुख तथा कर्मचारीहरुको सहभागितामा कोइरालालाई सम्मान पत्रसहित बिदाई गरिएको थियो । कोइराला २०७७ साल साउन १२ गते चार वर्षका लागि परिषद्को उपाध्यक्ष पदमा नियुक्त हुनुभएको थियो ।