विधेयकहरुलाई समितिबाट चाँडो पारित गरेर सदनमा लान सभामुखको निर्देशन

13

काठमाडौँ, १६ साउन । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो विधेयकहरुलाई पारित गरेर सदनमा लैजान निर्देशन दिनुभएको छ ।

बुधबार सिंहदरबारमा भएको सभामुख र समिति सभापतिबीचको छलफलमा सभामुखले समितिलाई प्रभावकारी बनाउन र छिटोभन्दा छिटो विधेयकहरु पारित गर्न निर्देशन दिएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सबैले आफ्नो समितिको रिपोर्टहरु पनि सभामुखलाई बुझाएको छ र सभामुखले आफ्नो समितिलाई अझ प्रभावकारी बनाउनका लागि बैठक बस्ने व्यवस्था गर्नु र छिटोभन्दा छिटो विधेयकहरुलाई पारित गरेर सदनसम्म पुर्‍याउ भन्ने निर्देशन दिएको छ ।’

यस्तै, उहाँले छलफलमा आर्थिक समस्याको कुरा पनि उठेको भन्दै सभामुखले पहिलो वर्षभन्दा यसपाली रकम बढेको हुनाले त्यस्तो समस्या नआउने जानकारी दिएको बताउनुभयो ।

छलफलमा लगातार संसद्को बैठक बसेपछि समितिको बैठक बस्न गाह्रो हुने हुँदा एकदिन सदनको बैठक र अर्को दिन समिति राख्ने भन्ने सुझाव पनि आएको उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...