काठमाडौँ, १३ साउन । साताको पहिलो कारोबारको दिन नेपाली बजारमा (आज) आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एक हजार रूपैयाँले बढेको हो ।
शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ हजार रूपैयाँले बढेर १ लाख ४५ हजार ७ सय रूपैयाँमा कारोवार भइरहेको छ ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ७३० रूपैयाँमा कारोबार भएको चाँदी आज १० रूपैयाँले बढेर १ हजार ७४० रूपैयाँमा कारोबार भइरहेको छ ।