मानव अधिकार संरक्षणको हक कागजमा मात्र सीमित भयो : महामन्त्री शर्मा

19

काठमाडौँ, १२ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधानको धारा धारामा मानव अधिकार संरक्षणको हक लेखिए पनि त्यो कागजमा मात्र सीमित भएको बताउनुभएको छ ।

शनिबार राजधानी काठमाडौँमा भएको मानव अधिकार संरक्षणसम्बन्धी कार्यक्रममा बोल्दै उहाँले मानव अधिकार र सम्पत्तिको हक लेखिएको भए पनि कार्यान्वयनमा नआएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले संविधानको धारा धारामा मानव अधिकारको व्याख्या लेख्यौँ। सम्पत्तिको हक लेख्यौँ, समानताको हक लेख्यौँ, स्वास्थ्यको हक लेख्यौँ, यातना विरुद्धको हक लेख्यौँ, सूचनाको हक लेख्यौँ । तर, हकका कुरा लेखिएपनि गाउँ समाजमा एउटा मान्छेले बाच्नका लागि आत्मसम्मान पाइरहेको छैन । संविधानमा लेखिएका ती हकहरुले उसको कुनै मूल्य मान्यता राख्दैन भने त्यसको के काम ?’

साथै उहाँले सबैखाले हकहरुको सार हाम्रो समाज भएको बताउनुभयो । उहाँले यहीँ समाजमा हरेक नागरिकले आत्मसम्मान पायो भनेमात्र मानव अधिकार संरक्षणको सबै विधा काम लाग्ने जिकिर गर्नुभयो ।

शर्माले मानव अधिकार हकको वकालत गर्नका लागि राज्यले त्यसको प्रत्याभुत गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘वकालत गर्न सबै नागरिकलाई समानता प्रदान राज्यले गर्नुपर्छ । तर, हरेकलाई अवसर दिलाउन सकिरहेका छैनौँ । २१औँ शताब्दीमा पनि हामी छुवाछुत भनेर मानिरहेका छौँ यसरी कसरी नागरिकलाई समानता प्रदान गर्नसक्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...