एआईलाई नियमन गर्दै अघि बढाउन आवश्यक : योगेश भट्टराई

24

काठमाडौँ, ११ साउन । नेकपा (एमाले)का सासंद योगेश भट्टराईले नेपाल अनलाई भोटिङ सिस्टममा गए विदेशमा बसेर भोट हाल्न सक्ने बताउनुभएको छ ।

बिहीबार नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स र डाटा ड्राइभन चुनावी अभियानको बारेमा भएको छलफलमा उहाँले विदेशबाट पनि भोट हाल्न पाउनु पर्ने कुरा उठिरहेको अवस्थामा अनलाइन भोटिङ महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल क्रमशः अनलाइन भोटिङ सिस्टममा जानुपर्छ । किनभने नेपाली भोटरहरुको ठुलो संख्या बाहिर पनि छ । अहिले हामीले विदेशबाट पनि भोट हाल्न पाउनुपर्ने कुरा उठाइरहेका छौँ । तर, अहिलेकै प्रणालीबाट विदेशमा बसेर भोट हाल्न सक्ने अवस्था देखिएको छैन । अनलाइन भोटिङ सिस्टममा गयौँ भने यो काम सजिलो हुन सक्छ ।’

उहाँले डिजिटल दुनियाँमा जाने क्रममा रहेको भन्दै अन्य देशमा जस्तै नेपालमा पनि एआईलाई नियमन गर्दै अघि बढाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल छिट्टै डिजिटल दुनियामा जाँदै छ र त्यसको प्रभाव राजनीतिक दलमा पनि पर्छ । जति यसको प्रभाव बढ्दै जान्छ यसको नियमन पनि गर्नुपर्ने हुन्छ । राज्यले कानुन बनाउनुपर्ने हुन्छ । एआईको कुरामा हरेक देशले नियम बनाएर चल्दै आएका छन् । नेपालमा पनि सञ्चार मन्त्रालय यसको नियमन गर्ने प्रक्रियामा छ ।’

यसको साथै, पार्टीगत रुपमा सूचनाहरु छिटो प्रवाह गर्नका लागि प्रचारको विभागको माध्यमबाट बढीभन्दा बढी प्रविधिको प्रयोग गर्ने प्रयासमा रहेको पनि उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...