चलचित्र क्षेत्रका लागि निर्मात र कलाकारले आफ्नो घरखेत बेचेका छन् : भुवन केसी

45

काठमाडौँ, १० साउन । चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष तथा अभिनेता भुवन केसीले सिनेमा क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ । बिहीबार आफ्नै बिदाई कार्यक्रममा बोल्दै केसीले सरकार चलचित्र क्षेत्रप्रति गम्भीर हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली चलचित्र यहाँसम्म आइपुग्दा सरकारले चाहिँ के गर्‍यो त ? नेपाली चलचित्र क्षेत्रले यहाँसम्म आइपुग्नुको योगदान सरकारको योगदान शून्यजस्तो लाग्छ । चलचित्र क्षेत्र यहाँसम्म आइपुग्नुलाई सरकारको महत्व प्रभावकारी छैन । यदि सरकारले चाहेको भए चलचित्र क्षेत्र आज विदेशीसँग प्रतिस्पर्धा गर्न सक्थ्यौँ, अहिले पनि गरिरहेका छौँ । तर, त्यसका लागि केही निर्माता, कलाकार, निर्देशकहरुले घरखेत बेचेर यहाँसम्म ल्याएका हुन् ।’

साथै उहाँले सरकारले आश्वासन मात्र दिएको गुनासो गर्नुभयो । उहाँले नेपाली चलचित्रका लागि नेताहरूले भाषणबाहेक केही गर्न नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एउटा स्टुडियो बनाउन सकेको छैन । तर, सबै कलाकारहरूले मन्त्रीहरूलाई सुझाव सल्लाह दिएका हौँ । तर त्यो कुरा कुनै मन्त्रीले उठाउन सकेनन् ।’

यस्तै, केसीले कुनै स्वार्थमा अध्यक्ष नबनेको दाबी गर्नुभयो । उहाँले अबको दिनमा जे–जस्तो अवस्थामा भए पनि नेपाली चलचित्रलाई अगाडि बढाउन सधैँ तत्पर रहने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...