काठमाडौँ महानगरपालिकाको श्रम बैंकबाट ९११ जनाले रोजगारी पाए : बालेन शाह

21

काठमाडौँ, १ साउन । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले महानगरको श्रम बैंकमार्फत् ९११ जनाले रोजगारी पाएको दाबी गर्नुभएको छ ।

महानगरपालिकाको श्रम बैंकमार्फत् ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरिएको प्रमुख शाहले जानकारी दिनुभयो ।

‘काठमाडौँ महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाइ कम्तीमा १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको हो’, मेयर बालेनले सामाजिक सञ्जालमार्फत् भन्नुभएको छ, ‘यसबाट श्रम बैंकमार्फत् दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएका छन् । जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत् रोजगारी उपलब्ध गराइएको छ ।’

Share This:
सम्बन्धित खबर
Loading...