मधुप्रसाद पोख्रेलद्वारा २ सय जना विद्यार्थी र शिक्षकलाई शैक्षिक सामग्री सहयोग

76

प्युठान, २९ असार । प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर–२ मूलपानीका मधुप्रसाद पोख्रेलले झन्डै २ सय जना विद्यार्थीलाई कापी कलम सहयोग गर्नुभएको छ ।

पोख्रेलले शुक्रबार एक कार्यक्रममा कमेरपानी आधारभूत विद्यालयका शिशु कक्षादेखि कक्षा ८ सम्मका झण्डै दुई सय जना विद्यार्थीलाई कापी कलम तथा शिक्षकहरुलाई पनि आवश्यक शैक्षिक सामग्री सहयोग गर्नुभएको प्रधानाध्यापक तुलसीराम खत्रीले जानकारी दिनुभयो ।

पोख्रेलले गरेको सहयोगले कापी कलम जुटाउन नसकेर समस्यामा परेका धेरै विद्यार्थीलाई राहत मिलेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर खड्काले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...