बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

17

काठमाडौँ, २८ असार । नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई वटा यात्रु बस बगाएको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्दै खोज र उद्धारमा खटिन सरकारका सबै निकायहरुलाई निर्देशन दिनुभएको छ ।

शुक्रबार बिहान भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दाहालले उक्त घटनामा बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशन दिनुभयो ।

‘झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवम् देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु । बेपत्ता यात्रुहरूको खोजी एवम् प्रभावकारी उद्धारका लागि गृह प्रशासनलगायत सरकारका सबै निकायलाई निर्देशित गर्दछु । साथै मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणसम्बन्धी पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्धार र रातमा आवश्यक सहकार्य र समन्वयका लागि संघीय, प्रादेशिक र स्थानीय सरकारलाई हार्दिक अपील गर्दछु,’ प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगाउँदा ६५ जना यात्रुको अवस्था अज्ञात छ । घटनामा बेपत्ताको खोजकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...