सुनचाँदीको मूल्य बढ्यो

10

काठमाडौँ, २७ असार । आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ४४ हजार १ सय रूपैयाँमा कारोबार भएको सुन आज ८ सय रूपैयाँले बढेर १ लाख ४४ हजार ९ सय रूपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार २ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ८७० रूपैयाँमा कारोबार भएको चाँदी आज १५ रूपैयाँले बढेर १ हजार ८८५ रूपैयाँमा कारोबार भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...