नेप्से २३.२५ अंकले बढ्यो

10

काठमाडौँ, २६ असार । सेयर बजार नेप्से २३ दशमलव २५ अंकले बढेको छ । बुधबार सेयर बजार परिसूचक नेप्से २३.२५ अंकले बढेर २१७५.४० को विन्दुमा पुगेको छ ।

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको कारोबार सर्वाधिक भएको छ । बलेफी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् भने ३२२ कम्पनीको ७२ हजार ७१४ पटकको कारोबारमा १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार ३९१ रुपैयाँ रहेको छ ।

सेन्सेटिभ इन्डेक्स ४ दशमलव ८२ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १ दशमलव ६६ अंकले बढेको छ । १३ उपसमूहमध्ये १२ वटाको बढेको छ भने विकास बैंक १३ दशमलव २० अंकले घटेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...