‘एमाले र कांग्रेसले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने’

90

काठमाडौँ, २६ असार । नेकपा (एमाले)ले कांग्रेस र एमालेले बराबरीको हैसियतमा नै सरकार सञ्चालन गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको सचिवालय बैठकपछि पार्टीका उपमहासचिव प्रदिप ज्ञवालीले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने र परिणाम दिन सक्ने मन्त्रीहरुको टिमलाई सरकारमा पठाउँने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पर्सी २८ गते प्रधानमन्त्रीको विश्वासको मतसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ । हामीले सरकारमा पठाउने मन्त्रीहरुलगायतका बारेमा पछि थप छलफल गर्ने छौँ । अहिलेको हकमा हामीले एउटा सक्षम र परिणाम दिन सक्ने टिमलाई पठाउँनुपर्छ भन्ने सामान्य नीतिगत निर्णय गरको छौँ । सामान्यतया नेकपा (एमाले) र कांग्रेसले बराबरीको हैसियतमा नै सरकार सञ्चालन गर्ने छ । यो राष्ट्रिय सहमतिको अभियानमा जोडिन चाहने अरू दलहरूलाई पनि हैसियतअनुसार स्थान दिने कुरामा सकारात्मक छौँ ।’

उहाँले भ्रष्टाचारको फाइल खोलेपछि सत्ता समीकरण फेरियो भनेर प्रधानमन्त्री र गृहमन्त्रीले गलत हल्ला फैलाएको भन्दै भ्रष्टाचारको फाइल खोल्न कसैले पनि नरोकेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...