एक वर्षमा ७९४ सरकारी कर्मचारीले जागिर छाडे

24

काठमाडौँ, २३ असार । सेवा अवधि बाँकी रहँदै एक वर्षमा ७ सय ९४ निजामति सेवामा कार्यरत कर्मचारीले जागिरबाट बिदा लिएका छन् ।

चालु आर्थिक वर्ष २०८०/८१ मा ७९४ निजामती कर्मचारीले सेवावधि बाँकी रहँदै राजीनामा बुझाएको किताबखानामा रेकर्ड छ ।

किताबखानाका अनुसार सेवावधि बाँकी रहँदै राजीनामा गर्नेमा सबैभन्दा बढी श्रेणीविहीन कर्मचारी (कार्यालय सहयोगी, हुलाकी, वन रक्षक, सवारी चालक, मालीलगायत) छन् ।

किताबखानाको रेकर्ड अनुसार सुरुदेखि अहिलेसम्म १६ हजार १९३ कर्मचारीहरूले जागिर अवधि बाँकी रहँदै राजीनामा बुझाएका छन् ।

निजामती सेवा ऐन २०४९ मा ५८ वर्ष उमेर पूरा भएपछि सरकारी कर्मचारीहरूले सेवाबाट अनिवार्य अवकाश पाउने व्यवस्था छ ।

Share This:
सम्बन्धित खबर
Loading...