बाढी पीडितको उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन

49

काठमाडौँ, २३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी–पहिरो पीडितको उद्धार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिनुभएको छ ।

सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग पनि उहाँले अपिल गर्नुभयो ।

‘अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु । प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशित गर्दछ,’ प्रधानमन्त्रीद्वारा जारी सूचनामा उल्लेख छ ।

यस वर्ष उच्च वर्षा हुने प्रक्षेपण भइरहेकाले बाढी पहिरोबाट हुनसक्ने सम्भावित क्षति र जोखिम न्यूनीकरण गर्न व्यवस्थित सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण समितिको बैठक राखेर आवश्यक पूर्व तयारीको काम गरिरहेको उहाँको दाबी छ ।

Share This:
सम्बन्धित खबर
Loading...